काठमाडौं । आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न इमानको तेस्रो साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रोयल आचार्यसहित सबै पदाधिकारी दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा अमिर लामा दोहोरिएका छन्।
संस्थाको सदस्यहरुमा डिआर आचार्य, अप्सरा गौतम, उत्सव ढकाल र मनोज थापा दोहोरिएका छन् भने नयाँ सदस्यका रुपमा गीता भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् ।
Comment