श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन् । अब मन्त्रालय घुसको अड्डा बनेको हो,’ उनको प्रश्न थियो ।

‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो । तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’उनले भने,‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ ।

प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भिर ध्यानाकर्षण होस्’,उनले भने ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार १४:२६