मनीष झाले भने, ‘एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मनीष झाले भने, ‘एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् ।

उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ , विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ति गर्न पाएन भनेर निष्काशन गरिरहेको छ । विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’

साथै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन् । श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधान लगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ती वर्षसम्म पाउनुपर्ने सेवा सुविधा वापतको रकम नदिएको बताए ।

उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए । उनीहरुले पाउनुपर्ने सेवासु्विधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए ।

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार १४:२०