लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता सेयर बिक्री राखेकाे छ। बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।

यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित : २१ फाल्गुन २०८१, बुधबार ११:३० 5 March, 2025 11:30 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।