काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘the HRM Awards for Corporate Excellence 2024’ बाट सम्मानित भएको छ।
कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो।
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ। आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बैंकले जनाएको छ।
Comment