काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमाप्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले माघ महिनासम्ममा एक करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी बिक्री गरी कुल सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ। कम्पनीले यस अवधिमा २६ अर्ब बीमाशुल्क संकलन गरेको हो। दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा ११ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। तेस्रोमा एलआइसी नेपाल रहेको छ। कम्पनीले यस अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ९ अर्ब ९०करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। सूर्यज्योति लाइफले ५ अर्ब ९५करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। एशियन लाइफले ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।सिटिजन लाइफले ३ अर्ब ९८करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। मेट लाइफले ३ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
त्यसैगरी आइएमई लाइफले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।





Comment