उत्कृष्ट कार्य सम्पादन गर्न सफल सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

Feature News

उत्कृष्ट कार्य सम्पादन गर्न सफल सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मान गरिएको छ। उक्त अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले सो अवार्ड जित्न सफल भएको हो।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन लगायतका विषयहरु अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

मंगलबार आयोजित भव्य समारोहकाबीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो ।

सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार १२:२० 26 February, 2025 12:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।