डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।

उनले भनिन् , ‘केही दिन अगाडि निशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन्। सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ । त्यसैले म यो संसद मार्फत सरकारलाई छिटो भन्दा छिटो डिजिटल कारोबार निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।’

साथै उनले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क नबनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार १४:२९ 24 February, 2025 2:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।