धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै



काठमाडौं । धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डमा रहेको लगानीयोग्य रकम लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने जनाएको छ।

बोर्डले इच्छुक बैंकहरूलाई एकवर्षे ब्याजदरसहित शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

उक्त खातामा लगानी गर्न चाहने ‘क’ वर्गका वाणिज्य बैंकले सूचना प्रकाशित भएको मितिले ५ कार्य दिन भित्र अर्थात आगामी फागुन १३ गतेका दिन कार्यालय समय भन्दा १ घन्टा अगावै आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्न भनिएको छ ।

प्रकाशित : 21 February, 2025 12:57 pm