क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे १८ लाख कित्ता आईपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे १८ लाख कित्ता आईपीओ आउदै



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।

रु।१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 20 February, 2025 12:18 pm