स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो : ऋषीकेश पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो : ऋषीकेश पोखरेल



काठमाडाैं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु भएकाे बताएका छन्र । मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजनाको कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’

उनले डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था भएकाले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनी विभिन्न ट्रेन्डकाे अध्ययन गरी निर्णय गरेको बताए।

त्यसैगरी उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपिओ रोकिएको विषयमा बाव विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने उनकाे भनाइ थियाे ।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफलगरी समाधान गर्न सकिने बताए। ‘व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नु पर्नेमा देखाउनका लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

प्रकाशित : ६ फाल्गुन २०८१, मंगलवार १५:५३