सेयर बजार दोहोरो अंकले बढ्याे, १० अर्ब ४३ करोड माथिकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले बढ्याे, १० अर्ब ४३ करोड माथिकाे काराेबार



काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा रोकिएको छ। आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक र फ्लोट इण्डेक्स ०.४२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।

आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड २ लाख रुपैयाँको सेयर करोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ५१ करोड ६८ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख रुपैयाँको सेयर करोबार भएको छ ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ। त्यस्तै, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी घटेको छ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : 18 February, 2025 3:22 pm