प्रकृति लम्साल मृत्यु प्रकरणमा उच्चस्तरीय राजनीतिक संवाद गर्न माओवादी केन्द्रको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रकृति लम्साल मृत्यु प्रकरणमा उच्चस्तरीय राजनीतिक संवाद गर्न माओवादी केन्द्रको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटनामा सरकारले उच्चस्तरीय संवाद सुरु गर्न माग गरेको छ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक माधव सापकोटाले तत्काल उच्चस्तरीय कूटनीतिक संवादबाट न्याय दिलाउन माग गरेका हुन्।

नेपाल र नेपालीहरूमाथि विश्वविद्यालयले धावा बोलेको भन्दै माओवादीले तत्काल संवाद थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सापकोटाले सरकारकै कूटनीतिक असक्षमताको कारण अहिले पनि विद्यार्थीहरूले असुरक्षा र अपमानजनक व्यवहारको सामना गरिराख्नु परेको बताए ।

“न्यायको माग गर्दै आन्दोलन गर्नुभयो । आन्दोलनमा अपमानजनक, अमानवीय व्यवहार गरियो र सिङ्गो नेपाल र नेपाली जनताप्रति धावा बोलियो”, सापकोटाले भने, “हाम्रो दलबाट उक्त घटनाको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु । सरकारले तत्काल उच्च स्तरीय राजनीतिक कूटनीतिक संवाद सुरु होस गर्न माग गर्दछु।”

प्रकाशित : ६ फाल्गुन २०८१, मंगलवार १४:३१