सुनको मूल्य बढ्याे, चाँदीको कतिमा भईरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्याे, चाँदीको कतिमा भईरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित : 18 February, 2025 11:12 am