काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इण्डेक्स ६.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक बढेको छ।
आज १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३०२ कम्पनीको एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड माथिको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ। आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, सीएचडीसीको २७ करोड ४३ लाख रुपैयाँ र एनआरएनको २६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.२७ प्रतिशत घटेको छ।





Comment