नेप्से परिसूचक १९.५६ अंकले बढ्याे, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक १९.५६ अंकले बढ्याे, काराेबार रकममा पनि सुधार



काठमाडौं । आज बिहीबार सेयर बजार उकालो लागेको छ । आज बजार १९.५६ अंकले बढेर २६९८.०३ को विन्दु कायम भएको हो। आज सेन्सेटिभ इण्डेक्स ३.५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

आज ३०९ कम्पनीको दुई करोड नौं लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा नौं अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३१ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयरमूल्य पनि करिब ९ प्रतिशत बढेको छ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : 16 February, 2025 3:31 pm