बढ्यो पेट्रोलको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बढ्यो पेट्रोलको मूल्य



काठमाडौं । आज नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । जसअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ ।

पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटेको हो । अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने दोस्रो र तेस्रो वर्गमा क्रमश १६७ र १६८ रुपैयाँ कायम गरिएको छ ।

यता डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटेको हो । अब पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ भने दोस्रो र तेस्रो वर्गमा क्रमश १५५ रुपैयाँ र १५६ रुपैयाँमा कायम गरिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८१, आईतवार ०९:४१