सुनको मुल्य बढ्यो ,कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो ,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २ फाल्गुन २०८१, शुक्रबार ११:२०