काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समत) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गरेको थियो । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका छन् ।
Comment