काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा व्यापाक सुधार आएको छ । कम्पनीको नाफामा झन्डै ८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ६ महिनामा कम्पनीले २३ करोड ९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा ८६.७८ प्रतिशत धेरै हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २३.७९ प्रतिशत वृद्धि भई ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २८.३३ प्रतिशत बढाएर ९५ करोड पुर्याएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४.६४ प्रतिशत वृद्धि भई ४ अर्ब १८करोड ९४ लाख रुपैयाँ कायम भएको छ । यता, कम्पनीको कुल खर्च पनि २२.२७ प्रतिशत बढेको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको यस्तो खर्च ३ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि ११.७३ रुपैयाँ कायम भएको छ । गत आवको तुलनामा ५.१३ रुपैयाँ बढी हो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । कम्पनी जीवन बीमा कोषमा १६ अर्ब ९२ करोड ५४ लाख रुपैयाँछ ।
Comment