ग्लोबल आइएमई बैंक माथि भएको प्रहारप्रति रेसिटर्स एसोसिएसनको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक माथि भएको प्रहारप्रति रेसिटर्स एसोसिएसनको आपत्ति



काठमाडौं । पछिल्लो समय ग्लोबल आइएमई बैंक प्रति भइरहेको प्रहार प्रति रेमिटर्स एसोसिएसनले पनि आपत्ति जनाएको छ । कानूनी रुपमा दर्ता भएर नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणमा सञ्चालनमा रहेको बैंकका बारेमा अफवाह फैलाउदै सामाजिक सञ्जलबाट प्रहार हुन थाले पछि रेमिटर्स एसोसिएसनले समेत आपत्ति जनाएको हो ।

एसोसिएसनले सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न किसिमले आक्रामण गर्नेहरुलाई कानूनी कारबाही गर्न समेत माग गरेको छ । साथै आधिकारिक निकाय भन्दा बाहिरबाट आएका अफवाहको पछि नलाग्न समेत एसोसिएसनले अनुरोध गरेको छ ।

यस अघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्त कम्पनी संघले लगायतले पनि यस घटनामा आपत्ति जनाएका थिए । कुनै पनि बैंक तथा वित्तीय संस्थामाथिभ एका प्रहार स्वीकार नहुने भन्दै ति संस्थाहरुले गलत भ्रम फैलाउनेहरुलाई कारबाही गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार १८:५३