बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । थाइल्यान्डको बैंककमा ग्लोबल कमप्याक्ट माईग्रेसन सम्बन्धि एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु भएको छ । हिजो फेब्रुअरी ४ देखि ६ तारिखसम्म चल्ने सम्मेलनमा १५० प्रतिनिधिको सहभागिता छ ।

युएन ईस्कयापको आयोजनामा सुरु भएको सम्मेलनममा एशिया प्रशान्त क्षेत्रका सरकार, गैर सरकारी संस्था र ट्रेड युनियनका प्रतिनिधीहरुले विभिन्न मुद्दाहरुममााथि छलफल गरिरहेका छन् ।

एशिया प्रशान्त क्षेत्रबाट करिब २० जना श्रमिक नेताहरुको सहभागिता रहेको छ  । नेपालको युनियनका तर्फबाट नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले सहभागिता जनाएका छन् । उनले हिजो पहिलो दिन नै संयुक्त राष्ट्र संघको बैककस्थित सभा हलमा आप्रवासी श्रमिकबारे आफ्नो धारणा राखेका छन् ।

नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डु घिमिरेले नेतृत्व गर्नु भएको सरकारी टोलीले सहभागिता जनाई रहेको छ ।

टे«ड युनियन कांगे्रसका महासचिव राईले केही साईड ईभेण्टहरुमा पनि नेपालका श्रमिकहरुका तर्फबाट सहभागिता जनाउने कार्र्यक्रम छ । उनी अन्तराष्ट्रिय टे«ड युनियन ईन्टरनेशनल टे«ड युनियन अफ कन्फेडेरेशनले छनौट गरेकाले सहभागी भएका हुन् ।

कन्फेडेरेशनका तर्फबाट सबै श्रमिकहरुको नेतृत्वदायि भुमिकामा कन्फेडेरेशनका एशिया प्रशान्त क्षेत्र , सिंगापुर कार्यालयका वरिष्ठ अधिकृत डा.फैयमुद्धिन पासाले गरिरहेका छन् ।

सम्मेलन छ तारिखमा घोषणा पत्र जारी गरेर सम्पन्न हुनेछ । आप्रवासी श्रमिकहरुका तर्फबाट दुई देश विचको समझदारी पत्रका लागि नेपाल सरकारलाई सहयोग साथै  गन्त्वय देशहरुमा नेपाली श्रमिकहरुका लागि सामाजिक सुरक्षाबारे नेपालस्थित आईएलओ कार्यालयले काम गरिरहेको आईएलओ, नेपाल कार्यालयका रोनी प्रधान धौभडेलले बताए ।

प्रकाशित : २३ माघ २०८१, बुधबार १७:१० 5 February, 2025 5:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।