सिद्धार्थ बैंकद्वारा गण्डकी प्रदेशको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकद्वारा गण्डकी प्रदेशको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, नवलपुर जिल्लाको देवचुली नगरपालिकामा अवस्थित श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।

एक विशेष कार्यक्रम आयोजना गरी बैंकको दलदले शाखाका प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बैंककाअनुसार बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले रोटरी क्लबको समन्वयमा उक्त सामग्री प्रदान गरिएको हो।

बालबालिकाहरू राष्ट्रका भविष्य निर्माता भएको तथ्यलाई आत्मसात् गर्दै सिद्धार्थ बैंकले शिक्षाको गुणस्तर अभिवृद्धि तथा सामाजिक अन्तरक्रियामा प्रोत्साहन गर्न यो पहल गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि पनि विभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याउँदै आएको छ। यसअघि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणका लागि सहयोग प्रदान गरिसकेको छ भने विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाजको समग्र विकासका लागि सामाजिक कार्यहरूमा निरन्तर संलग्न रहँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै समाजको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : २३ माघ २०८१, बुधबार ०८:१६