उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यकः मन्त्री खड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यकः मन्त्री खड्का



काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि  उर्जा    उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन् ।

उनले भने,  ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ । यसले ग्रीन हाइड्रो उर्जा उत्पादन गर्ने ठूला ठूला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौं ।’

साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उनले विश्वास लिए । उनले उर्जा  क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।  

प्रकाशित : १५ माघ २०८१, मंगलवार ११:२४