काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय स्कटिस ब्रान्ड बेनेभिसले काठमाडौंकाे बसन्तपुर, झोछेँचोकमा आफ्नो नयाँ आउटलेट खोलेको छ ।
आफ्ना ग्राहकहरूलाई विभिन्न स्वादहरू मार्फत सेवा दिएपछि, बेनेभिसले पार्लरमा थप अद्वितीय स्वादहरू प्रदान गर्नेछ । चाँडै नै कम्पनीले निकट भविष्यमा थप आउटलेटहरू विस्तार गर्ने लक्ष्य राखेको छ ।
२०१८ मा आफ्नो स्थापना भएदेखि नै, बेनेभिसले आफ्ना ग्राहकहरूलाई विभिन्न आउटलेटहरू, मार्टहरू र सुपरस्टोरहरू मार्फत सेवा दिँदै आएको छ, उत्कृष्ट र नवीन स्वादहरू सहितको आइसक्रिम अनुभव समेत प्रदान गर्दै आएको छ ।
नयाँ पार्लरले भ्यानिला कारमेल, ब्राउनी, स्ट्रबेरी चिजकेकदेखि मिडनाइट कुकीज र पिनट बटर, भेगन र चकलेट जस्ता अनौठो स्वाद संयोजन जस्ता प्रिमियम स्वादहरू प्रदान गर्नेछ । कम्पनीले पार्लरमा वाल्टर क्लेम्यानको नाममा वाफल सेग्मेन्ट पनि ल्याएको छ ।
बेनेभिसले नेपालको आइसक्रिम बजारमा गुणस्तर र स्वादको मापदण्ड तोक्ने र नयाँ पार्लरमा विभिन्न स्वादका आइसक्रिम वितरण गर्ने लक्ष्य राखेको कम्पनीका सञ्चालक रश्मी कर्माचार्यले जानकारी दिनुभयो ।
बसन्तपुर आइसक्रिम पार्लरको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकल कर्माचार्य र चर्चित अभिनेत्री आना शर्माले संयुक्त रुपमा रिबन काटे । साथै कम्पनीले आफ्ना सबै ग्राहकहरुलाई आफ्नो पार्लरमा सीमित अबधिका लागि २५% ओपनिङ्ग छुट दिने योजना बनाएको छ ।
Comment