सातै प्रदेशका लागि आइएमई लाइफले माग्यो कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सातै प्रदेशका लागि आइएमई लाइफले माग्यो कर्मचारी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश अन्तर्गतका केही शाखा र उपशाखा कार्यालयका लागि शाखा र उपशाखा प्रमुख माग गरेको हो । सो पदमा आवेदन दिनका लागि अब एक हप्ता बाँकी छ ।

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ । कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीको भनाई छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

प्रकाशित : १० माघ २०८१, बिहीबार ११:१९