रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार थुनछेक बहस सकिए पछि उक्त आदेश दिइएको हो ।

प्रकाशित : २ माघ २०८१, बुधबार १८:१२