सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव अनुमोदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव अनुमोदन



काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। पुस २९ गते सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०२ को ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्तापूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ पुगेको छ ।

साधारण सभाले आव २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित : २९ पुष २०८१, सोमबार २०:११