रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो ।

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै पठाउने आदेश दिएका हुन् । मंगलबार सरकारी बिदा रहेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।

प्रकाशित : २९ पुष २०८१, सोमबार १७:०७