नेपाल लाइफ इन्स्योरेन्सले गर्‍याे लाभांश दिने घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍याे लाभांश दिने घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८८ औं बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित : २८ पुष २०८१, आईतवार १०:४९