नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन



काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन भएको छ ।

सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेज्यूलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रकाशित : २३ पुष २०८१, मंगलवार १७:०४