काठमाडौंमा भूकम्पको धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

झण्डै एक मिनेटसम्म कम्पन हुँदा मानिसहरु आतंकित भइ सडक र खुल्ला ठाउँमा निस्किएका थिए । 

कम्पको केन्द्रविन्दु तिब्बतको दिंगेमा रहेको केन्द्रले जनाएको छ ।

तिब्बतमा गएको भूकम्पले तिब्बत क्षेत्रसहित पूर्वी नेपालदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

प्रकाशित : २३ पुष २०८१, मंगलवार ०७:०१