रौतहट। रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्नवाली लगायतका अन्य खेति गर्ने थालेका छन् । श्रीराम सुगर मिल बन्द पछि यहाँका कृषकले उखु खेति गर्न छाडेका हुन् । उखु खेतिबाट समयमा नै भुतmानी नआउने र खेतिमा लागत बढी भएपछि विकल्पमा अन्य खेति गरेका हुन् ।
०४९ देखि उखु खेती गर्दै आएका बृन्दावन–७ धमौराका रुपनारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् । यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए । तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्मे हैरानी हुने बताए ।
यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि उक्त मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७÷८ लाख मात्र हुने गरेको उनको भनाई छ । श्री राम सुग मिल बन्द भएपनि कटहरिया नगरपालिकामा तिन वर्षदेखि बाबा बैद्यनाथ सुगर मिल संचालनमा छ । गत बर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको बैद्यनाथले ८ लाख भन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले मिल श्री राम सुगर मिल संचालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरु संचालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् ।
Comment