मुलुकमा सुशासन स्थापित गर्न नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मुलुकमा सुशासन स्थापित गर्न नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड



काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शुक्रबार पद हस्तान्तरण आयोजित समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।

सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने उनले बताए । उनले भने,‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें,अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’

उनले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा,सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा इमान्दारिताका साथ काम गरेको स्मरण गराए ।

नेपालको राजनीतिक परिवर्तन ल्याउन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘मैले सरकारमा रहँदा सुशासन,सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’

प्रकाशित : १९ पुष २०८१, शुक्रबार १३:२४