शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारवाही अगाडि बढाउने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु’ भन्दै जवाफ दिएका हुन् ।


उनले भने,‘शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ । अनुसन्धान हुन्छ । र कानुन बमोजिम कारबाही अगाडि बढ्छ । यदी त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदी गैर कानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ । उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ । सरकारले यसमा गर्नुपर्ने काम गर्छ । धन्यवाद लिन्छ ।’

प्रचण्ड कारवाही भोग्न तयार
बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए । उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताए ।

उनले भने,‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ । यदी छानबिन गर्दै जाँदा प्रचण्ड नै देखाप¥यो भने त्यसलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ । दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु । कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होईन् धन्यवाद पनि भन्नेछु ।

प्रकाशित : १८ पुस २०८१, बिहिबार १४:५२ 2 January, 2025 2:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।