काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्ने बताएका हुन्।
उनले भने, ‘बीमाको दायरा बढाउनको लागि पहिलो कुरा बीमा गरेर के फाइदा हुन्छ भन्ने बारे जनचेतना फैलाउनु हो भने दोस्रो कुरा समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले भविष्यमा बीमा प्राधिकरणक पनि राष्ट्र बैंक जस्तै नियामक निकाय बन्ने भन्दै त्यो लाइनमा नेपाल सरकारको सोच रहेको बताए ।
उनले भने, ‘तपाईहरुले राष्ट्र बैंक जस्तो नियमन बीमा प्राधिकरणकमा अहिले खोजेर हुन्छ । बीमा प्राधिकरणक बीमा समितिबाट हुदैँ बल्ल बीमा ऐन आएर नियमावली अहिले मन्त्रिपरिषद्मा छ । नेपाल राष्ट्र बैंक कहिले सुरु भएको त्यसको क्षमता, कार्यक्रमहरु हेर्ने हो भने हामी विस्तारै बामे सर्दै छौ । कालन्तरमा हुने त्यही नै हो । बीमा प्राधिकरणक पनि भोलीका दिनमा राष्ट्र बैंक जस्तै नियामक निकायको रुपमा हुन्छ । त्यो लाइनमा नेपाल सरकारको सोच छ । विस्तारै जिल्ला जिल्लामा जाने समय पनि आउछ ।’
Comment