एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेशलाल श्रेष्ठ दोहोरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेशलाल श्रेष्ठ दोहोरिए



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठलाई आगामी माघ १ गतेदेखि सीईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ ।

एशियन लाइफको सीईओ बन्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । १८ वर्षको बैकिङ क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ ।

प्रकाशित : १७ पुष २०८१, बुधबार १४:१३