राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३.६५ अर्ब लगानी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३.६५ अर्ब लगानी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा तीन अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी राष्ट्र बैंकको विभिन्न कोषमा रहेको तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा दुइ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड १९ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले पुस १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२५ जनवरी १६ देखि २०२६ जनवरी १७ सम्म ३६७ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 31 December, 2024 4:21 pm