काठमाडौं । नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ उप–प्रमुख कार्यकारीमा बढ्वा गर्ने निर्णय गरेको हो ।
यसअघि उनी बैंकको उप–प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ ।
Comment