काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका ऐन हालसम्म बन्न नसकेको बताएका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले सो कुरा बताउदै यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताए ।
मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राख्नु भएको छ । यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए ।
त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी एन, प्रहरी एन, शिक्षा एन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी एन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।
सिडियोलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए । डा। कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।
Comment