काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाण्डौको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा



काठमाडौं । क्लिनिक वानले काठमाण्डौ मण्डिखटारमा तेश्रो शाखा संचालनमा ल्याएको छ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शनिवार आयोजित औपचारिक कार्यक्रमका बीच रिवन काटेर क्लिनिक,ल्याबको उद्घाटन गर्दै सोही अवसरमा संचालन गरिने नि:शुल्क स्वास्थ्य सिविर शुभारम्भ समेत गर्नुभयो।

स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताउनुभयो। खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

क्लिनिक वानका उप कार्यकारी सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी लगायतले स्वास्थ्य मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड्दिनुभयो।

यस अघि ललितपुरको जावलाखेल र भक्तपुरको मध्यपुर ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा संचालनमा ल्याएको क्लिनिक वानको यो काठमाण्डौ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। उद्घाटनको अवसर पारेर शनिवार देखि नै पांच दिनसम्म नि:शुल्क स्वास्थ्य सिविर संचालन गरिएको छ। डाक्टर परामर्श, इसिजी, युरिक एसिड, सुगर, कोलेस्टेरोल जांच नि:शुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत,ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

प्रकाशित : १४ पुष २०८१, आईतवार १०:४४