काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना मंसिरसम्म लघु निर्जीवन बीमा कम्पनीले ३३ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा चार वटा लघु निर्जीवन बीमा मार्फत एक लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क उठाएका हुन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार मंसिरसम्म नेपाल माइक्रो सर्वाधिक व्यापार भित्र्याउनेमा रहेको छ। यो कम्पनीले ३९ हजार ८६६ वटा बीमालेख बिक्री गरेर १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ३० हजार ३६१ वटा बीमालेख बिक्री गरेर आठ करोड ३१ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी स्टार माइक्रोले ३५ हजार १०० वटा बीमालेख बिक्री गरेर सात करोड ७२ लाख ७६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले २८ हजार ५८ वटा बीमालेख बिक्री गरेर सात करोड ७१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
Comment