बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक



काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २१ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

प्रकाशित : ९ पुष २०८१, मंगलवार ११:५१