प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यस वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।

साथै यस कम्पनीले पुस २९ गते २८ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ। यसका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने समेत जानकारी दिएको छ।

प्रकाशित : 23 December, 2024 12:17 pm