काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले वातावरण र विकास परस्परमा जोडिएको विषय भएको बताएका छन् ।
काठमाडौंमा आयोजना भएको ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले वातावरण र विकासलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए ।
समापन समारोहमा बोल्दै प्रधानन्यायधिवक्ता बडालले भने,‘वातावरण र विकासका कुरासँगै हुने हुन । वातावरणको कुरा गर्दा विकासलाई बिर्सिनु हुँदैन र विकासको कुरा गर्दा वातावरण संरक्षणको विषय पनि नछुटाउनु हुँदैन ।’
उनले वातावरणीय संरक्षण र विकासात्मक प्रयासलाई सन्तुलित ढंगले अघि बढाउन सकिने उपायहरू खोज्नुपर्नेमा जोड दिए । उनले वैकल्पिक विवाद समाधानको आवश्यकता र त्यसले विकास तथा वातावरणीय चुनौतीहरूको सामना गर्न कसरी सहयोग पु¥याउन सक्छ भन्ने विषयमा पनि चर्चा गरे ।
Comment