आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण : न्यायधीश रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण : न्यायधीश रेग्मी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडीआर (वैकल्पिक विवाद समाधान) ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

बिहीबार नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ को उद्घाटन समारोहमा बोल्दै उनले आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्वपूर्ण रहेको बताए । 

उनले भने,‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’  भन्ने नाराका बिहिबार बाट सुरु भएको “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ मा न्यायाधीश रेग्मीले “आधुनिक विवाद समाधानः न्यायसम्म पहुँच सुदृढ गर्न एडीआरको भूमिका“ भन्ने यस वर्षको विषयवस्तुले न्याय प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनका लागि नवप्रवर्तन आवश्यक रहेको औंल्याएका छन् । “एडीआरले लचिलो, सहज र सहकार्यपूर्ण तरिकाले विवाद समाधान गर्ने गतिशील विधिका रूपमा कार्य गर्दछ। यसले आर्थिक र भावनात्मक भारलाई कम गर्दै सामाजिक सद्भाव र मेलमिलापमा योगदान पु¥याउँछ । ’

न्यायाधीश रेग्मीले नेपालमा एडीआरको ऐतिहासिक विकासबारे प्रकाश पार्दै भने, ‘पञ्चायती प्रथादेखि नै समुदायमा मेलमिलाप र सहमतिको माध्यमबाट विवाद समाधान गरिँदै आएको परम्परा अहिलेको एडीआर प्रणालीको आधारशिला हो ।’

प्रकाशित : २८ मंसिर २०८१, शुक्रबार १३:४४ 13 December, 2024 1:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।