स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि २ समूहबीच प्रतिस्पर्धा, मतदान जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि २ समूहबीच प्रतिस्पर्धा, मतदान जारी



काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि २ समूहबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएसनको भावी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका प्रमुख निर्वाचन अधिकृत वासु रिजालका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

गत कार्तिक २८ गते स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल बीच एकीकरण सम्झौता भएको थियो । बजारको विकास र विस्तार गर्नका लागि दुई संस्था एकीकरण भएको थियो ।

प्रकाशित : २१ मंसिर २०८१, शुक्रबार १४:५१