काठमाडौ । सरकारले अन्तत नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। एघार आवेदक मध्ये सिफारिस समितिको अन्तिम तीन जनाको सुचिमा अटाउदै निकै प्रतिक्षाको गरिएको धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन्।
नवनियुक्त अध्यक्षलाई नयाँ स्टक एक्स्चेञ्ज संचालन गर्न प्रस्ताव पेश गरेका व्यवसायीक घरानाहरुको साथ रहेको चर्चा रहेको छ । अब श्रेष्ठले सरकारी स्टक एक्स्चेञ्ज नेपाल स्टक एक्स्जेञ्जको अर्को प्रतिस्पर्दी एक्स्चेञ्ज हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स ल्याउन सहयोग पूग्ने छ ।
बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा ठूलो धनरासी लेनदेन भएको भनेर प्रतिनिधिसभामा नै बहस समेत भएको विषय हो । नव नियुक्त अध्यक्षले अब यी चर्चालाई तिर्ने काम गर्न छन् कि बजारमा चर्चा चलेको जस्तै यी व्यापारी घरानाको लागी काम गर्छन त्यो भने उनका आगामी कामले देखाउने छ ।
Comment