नबिल बैंकको ४० औँ वार्षिक साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको ४० औँ वार्षिक साधारणसभा आह्वान



काठमाडौं । नबिल बैंकले आफ्नो ४० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको हो।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। मंसिर १० गते १ दिन बुक क्लोज गरिने बैंकले जनाएको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको गत कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको थियोे। जसअनुसार बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित नगद लाभांश अब वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित : 17 November, 2024 11:21 am