समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट,यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट,यसरी हेर्नुस नतिजा



काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो ।

कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । जसमा ३५ हजार ९० जनाले १०१० कित्ताका दरले एफपिओ पाएका छन् । आवेदन दिएका १४ लाखको हाल खाली भएको छ ।

एफपीओको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://muktinathcapital.com/share-allotment

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार १०:३१